प्रदेश नं ३ का नवनियुक्त मुख्यन्यायाधिवक्ता थपलियाबाट सपथ

Posted on: 28 Jul, 2019

 साउन १२, हेटौंडा  | प्रदेश नं ३ का नवनियुक्त मुख्यन्यायाधिवक्ता ओमप्रकाश थपलियाले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । 

प्रदेश प्रमुख अनुराधा कोइराला तथा मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा प्रदेश प्रमुख कार्यालयको सभाकक्षमा आज आयोजित कार्यक्रममा पाटन उच्च अदालतका मुख्य न्यायाधीश कुमार चुडालले शपथ दिलाउनुभएको थियो । यसअघिका मुख्यन्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले  राजीनामा दिनुभएकाले  थपलियालाई यही साउन ८ गते सो पदमा नियुक्त गरिएको  थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!