निःशुल्क स्वास्थ्य शिविरबाट दुई सय जना लभान्वित

Posted on: 28 Jul, 2019

साउन १२, काठमाडौँ  | काठमाडौँ महानगरपालिका–१४ स्थित कुमारी क्लबले बल्खुमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा करिब २०० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । 

सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सञ्चालन गरेको शिविरमा निःशुल्क औषधि वितरणसमेत गरिएको छ । शिविरको शुभारम्भ गर्दै प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले सामाजिक कार्यका लागि स्थापना भएका सङ्घसंस्थाले सेवाको भावनाले कार्य गरेमा सर्वसाधारण नागरिक लाभान्वित हुने बताउनुभयो । विभिन्न रोगबाट समस्यामा परेका बिरामीलाई लक्ष्य गरी सञ्चालन गरिएको शिविरले बल्खु तथा त्यस आसपास क्षेत्रका धेरै मानिसलाई फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  

अर्का प्रतिनिधिसभा सदस्य बीना श्रेष्ठले स्वास्थ्य सेवा महङ्गो भई सबैको पहुँचमा पुग्न नसकेको अहिलेको अवस्थामा यसलाई सर्वसुलभ र गुणस्तरीय बनाउन विशेष गरी स्थानीय सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । कामपा–१४ का वडासदस्य रश्मी खडका, नेपाल ट्रेड युनियन काँग्रेसका कोषाध्यक्ष मोहन बस्नेतलगायतले समाजसेवाको भावनाबाट पनि राष्ट्र निर्माणमा योगदान गर्न सकिने हुँदा युवा वर्ग यसतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । 

क्लबका अध्यक्ष नकुल हमाल ठकुरीका अनुसार स्थानीय विकास, पूर्वाधार निर्माण, फोहर व्यवस्थापन, खेलकूद तथा प्राचीन महत्वका सांस्कृतिक क्षेत्रको संरक्षणलगायत कार्यमा क्लबले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!