एन.एल.जी.ले दियो पशु धनिको दुईलाख दावी भुक्तानी

Posted on: 28 Jul, 2019

कमल घिमिरे।श्रावण१२।पाँचथर पाँचथरमा पशुको बिमा गरी पशु धनिको मृत्युबापत एन.एल.जी. इन्स्योरेन्सले दुई लाखको दावी भुक्तानी गरेको छ।

  इन्स्योरेन्सको उपशाखा फिदिमले एक कार्यक्रमको आयोजना गरी पशुधनिका श्रीमती भिमकुमारी ज्ञाङ्मी मगरलाई दुई लाखको चेक हस्तान्तरण थियो ।

  फालेलुङ गाउँपालिका–५, प्राङबुङका दल शमशेर ज्ञाङ्मी मगरले २०७५ मंसिर २९ गते आफ्नो गाईको बिमा गर्नु भएको थियो । पशुधनि मगरको २०७५ चैत्र १८ गते दाउरा चिरिरहेको अवस्थामा ढुुङ्गाले लागेर मृत्यु भएको थियो । भिमकुमारी ज्ञाङ्मी मगरले श्रीमानले गरेकोे पशु धनि दुर्घटना विमा बापतको दुईलाख रुपैयाँ पाउनु भएको हो ।। 

मगरले एन.एल.जी. इन्सोरेन्स फिदिम उप–शाखा मार्फत गाईको विमा गराउनु भएको थियो । गाईको विमा गराउदा पशु मुल्याङ्कनको ५ प्रतिशत बिमाशुल्क मध्ये ७५ प्रतिशत नेपाल सरकार र बाँकी २५ प्रतिशत कृषकले बेहोर्ने र हरेक बिमाशुल्कमा थप एकसय रुपैयाँ पशु धनिको नाममासमेत दुर्घटना बिमा हुने भएकोले सोहि अनुरुप एनएलजी इन्सोरेन्सले आइतबार भिमकुमारीलाई दुईलाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । 

 यस्तो प्रकारको दावी भुक्तानी प्रदेश १ मा पहिलो भएको कम्पनीको फिदिम उपशाखा प्रमुख यादव गौतमले दावी गर्नुभएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!