मर्नुअघि शिक्षकको नाममा पत्र लेखेर घरकै पंखामा झुन्डिए सुरज

Posted on: 28 Jul, 2019

भास्कर के.सी. | साउन १२, कञ्चनपुर | कञ्चनपुरको महेन्द्रनगरका एक विद्यार्थीले आफू मर्नुको कारण सहितको नोट लेखेर घरकै पंखामा झुन्डिएका छन् ।  उनले शिक्षकको नाम लेखेर झुन्डिएका हुन् । महेन्द्रनगर स्थित लिटिल बुद्ध एकेडेमी कक्षा १२ मा अध्ययनरत भीमदत्त नगरपालिका ३ भाँसीका १६ वर्षिय सुरज लेखक शनिबार आफ्नै घरको पङखामा झुण्डिएका हुन् । 

मृतक सुरजले आफू मर्नुको कारण सहितको एउटा नोट लेखेका छन्, उनले लेखेको उक्त नोटमा लेखिएको छ ‘डेडी बहुत भयो, अब हजुरलाई अरु टेन्सेन दिन चाहदैन्, कलेजबाट आएको कम्प्लेनले हजुरलाई धेरै अपुष्ट गर्यो, र म पनि हजुरलाई टेन्टस दिएर बाँच्न सक्दैन् भन्ने आदि शब्दहरु लेख्नुका साथै  ‘सरी, डेड भन्दै उनले जय नागार्जुन बाबा आई क्युट’ भनी दायाँबायाँ ल्याप्चे औठाछाप  समेत लगाएका छन् । 

सुरज लेखक महेन्द्रनगर स्थित लिटिल बुद्ध एकेडेमी कक्षा १२ मा अध्ययनरत छात्र हुन् । उनले ‘मर्नुको कारण’ लिटिल बुद्ध एकेडेमी प्लस टु कोडिनेटर हरिलाल जोशी भनेर उल्लेख गरेका छन् । उनी मृत भेटिएको स्थानमा हातले लेखेको एक पन्ना कागज समेत भेटिएको हो । 

मृतक लेखकको शनिबार महाकाली नदीमा अन्त्येष्टी गरिएको छ । उनको मृत्युसंगै घर परिवार र आफन्त, साथीभाई शोकमा डुबेका छन् । यसैविच मृतक लेखकका बाबु गणेश लेखकले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा शिक्षक हरिलाल जोशी बिरुद्ध उजुरी दिएका छन् । उनले आफ्नो समाजिक संजाल फेसबुकमा समेत ‘आई क्युट’ भनेर लेखेका थिए । 

शुक्रबार बिहान बजारमा समान ल्याउन जान्छु, भनेर साईकलमा आएका सुरज राजमार्ग क्षेत्रमा दुई साथी भेटिएपछि उनी साथीसंगै होटेल छिरेका थिए । होटेल पसेका विद्यार्थी बारे शिक्षक संयोजक हरिलाल जोशीले थाहा पाएपछि विद्यालय समयमै किन होटेल बसेको भन्दै शिक्षकले तीनै जना विद्यार्थीलाई विद्यालय ल्याइ तीनै जनाबाट लिखित तमसुक जस्तै बनाएर पठाएका थिए । कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गणेश बहादुर बमले पीडित पक्षबाट आएको किटानी दर्ता भएको बताए । 

प्रहरी प्रवक्ता बमले अनुसन्धान जारी रहेको बताए । यस्तै लिटिल बुद्ध एकेडेमीले प्लस टु संयोजक हरिलाल जोशीलाई सेवाबाट हटाएको छ । 

सुरज झुण्डिएकै स्थानमा भेटिएको एक कागज यस्तो छ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!