आज भारतको धौलीगंगा बाध खोलिदै, महाकाली नदि किनारका बासिन्दालाई सतर्क रहन आग्रह

Posted on: 29 Jul, 2019

कृष्ण बिष्ट | साउन १३, बैतडी  |  भारतको धौलीगंगा बाध खोलिने भएकाले महाकाली नदि किनारका बासिन्दाहरुलाई सतर्क रहन आग्रह गरीएको छ । जिल्ला प्रशासन कार्यालय बैतडी र दार्चुला सुचना जारी गर्दै साउन १३ गते अर्थात आज राती १२ बजेदेखि भारतको धौलीगंगा जलविद्युत परियोजनाले बाँधका ढोका खोल्ने भएकाले महाकाली नदी किनाराका बासिन्दालाई सतर्क रहन  आग्रह  गरिएको हो । 

भारतको तपोवन, धारचुलाको उक्त जलविद्युतको सिल्ट फ्लसिङ गरिने भन्दै एनएचपीसी लिमिटेड धौलीगंगा पावरस्टेसन धारचुला पिथौरागढले पत्राचार गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले साउन १४ गते साँझ ६ः४५ बजेसम्म महाकाली नदिको बहाव बड्ने भएकाले तटीय क्षेत्र जोखिममा रहने दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकर बहादुर बिष्टले जानकारी दिनुभयो । 

दार्चुलाको व्यास गाउपालिका, महाकाली नगरपालिका, मालिकाजुर्नन गाउपालिका  र लेकम गाउपालिका महकाली प्रभावित क्षेत्र हुन । महाकालीको जलस्तर बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सूचित गरेको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो । बर्षादको समय भएकाले महाकाली नदिमा पानिको बहाव बढेको हुनाले धौलीगंगाको बाँध खोलिदा पानिको बहाब बढ्ने भएकाले सतर्क रहन आग्रह गरिएको उहाले बताउनुभयो । 

बैतडीको पञ्चेश्वर गाउपालिका तथा शिवनाथ गाउपालिकाका अधिकांस बस्तिहरु महाकाली किनारमा पर्दछन । पञ्चेश्वर तथा शिवनाथ गाउपालिकाले पनि सो अवधिमा नदि किनारमा नजान आग्रह गरेको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!