कैलालीमा छोराले गरे आफ्नै बुबाको हत्या

Posted on: 29 Jul, 2019

साउन १३, कैलाली | कैलालीमा  चिर्पटले हानेर छोराले आफ्नै बुबाको हत्या गरेका छन् | जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ५ मा  ३० वर्षीय राम सिँह कुमालले ६० वर्षीय बुवा अम्बरलाई चिर्पटले हानेर बुवाको हत्या गरेका हुन् | 

गयराति घरायसी विवादका क्रममा छोरोले चिर्पट प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार छोराको चिर्पट प्रहारवाट गम्भीर घाईते भएका अम्मरलाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी ल्याइएको थियो | उनको उपचारका क्रममा मृत्यु भएको हो |

 हत्या गरी फरार रहेका कुमाललाई पक्राउ गरेको छ | घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!