मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पताललाई मेडिकल उपकरण प्रदान

Posted on: 29 Jul, 2019

साउन १३, नेपालगञ्ज |  प्रदेश ५ का आन्तरिक मामिला तथा कानून मन्त्रालयले नेपालगञ्जस्थित मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पताललाई रु एक करोड मूल्य बराबरका मेडिकल उपकरण प्रदान गरेको छ ।

अस्पतालका लागि आवश्यक डिजिटल एक्सरे मेशिन, अक्सिजन सिलिन्डर, राउन्ड ट्रली, बेड, कुर्सी, टेबलजस्ता अत्यावश्यक सामग्री प्रदान गरेको अस्पतालका प्रमुख प्रहरी उपरीक्षक डा आशीष दत्तले जानकारी दिनुभयो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले आईतबार अस्पतालको उद्घाटन गर्दै उक्त सामग्री प्रदान गर्नुभएको हो । नागरिकको सुरक्षामा खटिने प्रहरी तथा कर्मचारीहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न २०५५ सालमा स्थापना गरिएको उक्त अस्पताल २०५८ सालदेखि आफ्नै भवनमा सञ्चालन हुँदै आएको थियो । 

मन्त्रालयले अस्पतालका लागि आवश्यक पर्ने डिजिटल एक्सरे मेशिन, अक्सिजन सिलिन्डर, राउन्ड ट्रली, बेड, कुर्सी, टेबललगायत अत्यावश्यक सामग्री प्रदान गरेको अस्पतालका प्रमुख डा आशीष दत्तले जानकारी दिनुभयो ।

उहाँका अनुसार, ओपिडी, इमर्जेन्सी, फार्मेसी, वार्ड, माइनर, ओटी, एक्सरे, फिजियो थेरापी सेवाका साथै प्रयोगशालासमेत सञ्चालन गर्दै आइरहेको १५ श्ययाको उक्त अस्पतालमा विशेषज्ञ चिकित्सकहरुले सेवा प्रवाह गर्दै आइरहेको छ । अस्पतालबाट हालसम्म प्रहरी कर्मचारी तथा प्रहरीका परिवारहरुमध्ये १८ हजारभन्दा बढीले सेवा लिइसकेका अस्पतालका प्रमुख डा दत्तले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!