गुल्मीमा भीरबाट लडेर एक जनाको ज्यान गयो

Posted on: 15 Apr, 2016
  वैशाख ३, गुल्मी गुल्मीको सिमिचौर राङबासमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रेसुङा नगरपालीका-९ बस्ने ४३ वर्षका रेन बहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । ससुरालीबाट घर फर्कने क्रममा उनको शुक्रबार दिउँसो सिमिचौर राङवास स्थित राङ्गवासमा सडकबाट झण्डै ४० मिटर तल खस्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरिक्षक सत्यनारायण यादवले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!