चितवनमा खोलामा डुबेर एकको मृत्यु

Posted on: 30 Jul, 2019

साउन १४, चितवन  | पूर्वी चितवनको कयरखोलामा पौडी खेल्न गएका एक युवकको मुत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नं ३ चाउचाउ फ्याक्ट्री नजिक बस्ने वर्ष १४ का सन्दीप कँडेलको पौडी खेल्ने क्रममा डुबेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो । 

साथीहरुसँगै पौडी खेल्न गएका उनको सोमबार दिउँसो १ बजे मुत्यु भएको र उनका साथीहरुले शव निकाली प्रहरीलाई  खबर गरेपछि प्रहरीले घटनास्थलको मुचुल्का उठाई भरतपुर अस्पताल पठाएको छ । 

यसैबीच गोहीको आक्रमणबाट एक घाइते भएका  छन् ।  चितवनको  माडी नगरपालिका–१ रिउखोलामा भैँसी चराउन जाने क्रममा सोमबार  दिउँसो ३ः४५ बजे गोहीको आक्रमणबाट माडी नगरपालिका–१ पाण्डवनगर बस्ने २३ वर्षीय सूर्य बोट घाइते भएको प्रहरी प्रवक्ता काइरालाले  जानकारी दिनुभयो । घाइतेको  अवस्था मध्यम रहेको छ । उनको  सरकारी अस्पताल भरतपुरमा उपचार भइरहेको  प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!