वामीका बिद्यालयहरुमा पाठ्यपुस्तक बितरण

Posted on: 17 Apr, 2016

बैशाख ५, वामी (गुल्मी) ।  सरकारले आजदेखि पाठ्यपुस्तक बितरण शुरु सँगै आज वामी तथा तुराङ् श्रोत केन्द्र अन्तर्गत पर्ने बिद्यालयहरुले पनि पाठ्यपुस्तक बितरण शुरु गरेका छन । वामी श्रोत केन्द्रका श्रोत ब्यक्ति देबिराम शर्माले दिएको जानकारी अनुसार वामी श्रोत केन्द्रमा केही पाठ्यपुस्तक बाहेक अरु आइसकेको र सम्पुर्ण बिद्यालयहरुमा पनि पठाउने काम भइरहेको छ । त्यसैगरी आज महेन्द्र आदर्श उमाबि वामीमा पनि पुस्तकहरु बितरण गरिएको छ । सरकारद्धारा कक्षा १ देखी कक्षा १० सम्म बितरण गरिने पाठ्यपुस्तक हरु बितरण गरिएको हो । पुस्तक बितरण कार्यक्रममा वामी श्रोत केन्द्रका श्रोत ब्यक्ति देबिराम शर्मा, बिद्यालयका प्राचार्य भिमलाल सापकोटा, सहायक प्राचार्य टिकाराम खराल लगायतले शिक्षक बिद्यार्थी, अभिाभाबहक लगायतको उपस्थितीमा पाठ्यपुस्तक बितरण गर्नुभएको हो । उता शारदा बिद्या मन्दिर माबि वामी मैदान, त्रिभुबन उमाबि कुर्घामा पनि पुस्तकहरु बितरण गरिएको छ । त्यसैगरी उता तुराङ श्रोत केन्द्र अन्तर्गत पर्ने बिद्यालयका बिद्यार्थीहरुलाई पनि पाठ्य पुस्तक बितरण गरिएको छ । रामकोट प्राबि रुपाकोटमा श्रोत ब्यक्ति टंकनाथ भण्डारीद्धारा तथा अन्य बिद्यालयहरुमा प्रद्यानाध्यापकहको रोहबरमा बितरण गरिएको छ । सरकारले आजदेखि बैशाख १५ गतेसम्म देशभरका सरकारी विद्यालयमा अध्ययनरत करिब ५९ लाख ९५ हजार ७ सय १५ विद्यार्थीको हातमा निःशुल्क पाठ्यपुस्तक वितरण शुरु गरेको छ । त्यसका लागि प्रधानमन्त्रीदेखि सबै मन्त्रीहरू विद्यालय जाने कार्यक्रम तय गरिएको छ । हरेक बर्ष पाठ्यपुस्तकको अभावका कारण सरकारले आलोचना खेप्नुपरेपछि सरकारले यो वर्षदेखि १० दिनसम्म पाठ्यपुस्तक वितरण गर्ने घोषणा गरेको हो । प्रधानमन्त्रीदेखि सबै मन्त्री र शिक्षा मन्त्रालय मातहतका निकायका प्रमुख सहसचिवहरू जिल्ला जाने शिक्षा मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्को बैठकले पाठ्यपुस्तक वितरण अभियानलाई सहयोग गर्न सार्वजनिक अपिल गरेलगत्तै प्रधानमन्त्रीदेखि सबै मन्त्रीहरू जिल्ला पुगेर पाठ्यपुस्तक बाँड्नेछन् ।

- अनिश शर्मा गैरे बाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!