आज दुबई, कतार, मलेसिया लगाएतका विदेशी मुद्राको भाउ घट्यो हेर्नुहोस

Posted on: 30 Jul, 2019

साउन १४, काठमाडौँ  | नेपाल राष्ट्र बैंकले मंगलबार  एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ६८  पैसा र बिक्रीदर ११० रुपैयाँ २८ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३४ पैसा र बिक्रीदर २९ रुपैयाँ ४० पैसा छ भने आज मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ५९ पैसा र बिक्रीदर २६ रुपैयाँ ७३ पैसा तोकिएको छ ।

त्यस्तै आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ १२ पैसा र बिक्रीदर ३० रुपैयाँ २८ पैसा तोकिएको छ । आज  यूएई दिर्हाम १ को २९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३० रुपैयाँ ०२ पैसा छ । बहराइन दिनार १ को २९० रुपैयाँ ९२ पैसा र बिक्रीदर २९२ रुपैयाँ ५१ पैसा छ । आज कोरियन वन १ सयको ९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९ रुपैयाँ ३१ पैसा छ ।

यस्तै मंगलबार कुवेती दिनार १ को खरिददर ३६०  रुपैयाँ १८ पैसा र बिक्रीदर ३६२ रुपैयाँ १५  पैसा तोकिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!