वामीका स्थानीयहरु द्धारा भुकम्पबाट ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली

Posted on: 24 Apr, 2016

बैशाख १२, वामी (गुल्मी) । गत बैशाख १२ गते आएको ७.८ म्याग्नेच्युडको भुकम्पबाट ज्यान गुमाएका मृतकहरु प्रति आज वामीका स्थानीयहरुले श्रद्धाञ्जली अर्पण गरेका छन । वामी टक्सार तल्लो बजारमा रहेको सरस्वती मन्दिरमा एक कार्यक्रमको आयोजना गरि उनीहरुले श्रद्धाञ्जली अर्पण गरेको हुन । स्थानीयहरुले दिप प्रज्वलन गरी एक मिनेट मौनधारण गर्दै दिबगँत आत्माहरुको चिर शान्तिर र बैकुण्ठ बासको कामना गरिएको थियो । कार्यक्रममा बोल्दै ब्रह्मकुमारी इश्वरीय बिश्व बिद्यालय वामीकी ब्रह्मकुमारी जयन्तीले मृतआत्मा प्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । कार्यक्रममा वामी बजारका स्थानीयहरुको उपस्थिती रहेको थियो ।

- अनिश शर्मा गैरे बाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!