कलंकी प्रकरणमा हतियार सहित एकजना पक्राउ

Posted on: 30 Jul, 2019

साउन १४, काठमाडौँ  | काठमाडौँको कलंकीस्थित  पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा गोली चलेको प्रकरणमा  छिमकी  पूर्वइञ्जिनियर शुभांकर खनाललाई प्रहरीले अनुसन्धानको दाएरमा ल्याएको छ | 

महाशाखाका अनुसार उनलाई अनुसन्धानकालागि ल्याइएको हो | 

उनको साथबाट दुई थान हतियार र ५० राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ |  तर उनीसंग ती हतियारको लाइसेन्स  छ । प्रारम्भिक अनुसन्धानलमा दूर्घटनावश गोली चलेको हुनसक्ने देखाएको भएपनि खनालको हतियारबाट गोली चलेको हो/होइन भन्ने चाहिँ वैज्ञानिक जाँचबाट मात्र खुल्ने प्रहरीको भनाइ छ |

अहिले खनालको थप बयान लिने काम भइरहेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!