प्रधानमन्त्री ओली आराम गर्न सिंगापुर जाँदै

Posted on: 31 Jul, 2019

साउन १५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आराम गर्न १८ गते सिंगापुरतर्फ जाने भएका छन् ।

निकटस्थ र चिकित्सकले केही दिन आराम गर्न सल्लाह दिएकाले प्रधानमन्त्री ओली सिंगापुर जान लागेका हुन् ।

एक साताको सिंगापुर बसाइका क्रममा प्रधानमन्त्री ओलीले स्वास्थ्य परीक्षण पनि गराउनेछन् । 

प्रधानमन्त्री ओलीको निजी चिकित्सक डा. दिव्या सिंहका अनुसार दैनिक कार्यसम्पादनका कारण धपेडी बढेकाले उनलाई आरामको जरुरत छ ।

केही दिन आराम गर्न र स्वस्थ्य उपचारका लागि प्रधानमन्त्री सिंगापुर जान लागेको उले बताइन् । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्की र सुनिल सापकोटाले लेखेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!