सिरहामा दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

Posted on: 31 Jul, 2019

साउन १५, सिरहा  | पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको लहानमा गए राति भएको सडक दुर्घटनामा परी मोटरसाइकल चालक एक युवकको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को१क २४१७ नंको क्रेनमा सोही दिशाबाट आउँदै गरेको स २ प १८९९ नंको मोटरसाइकल पछाडिबाट ठोक्किँदा मोटरसाइकल चालक लहान नगरपालिका–१२ निवासी २३ वर्षीय सुरेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते चौधरीलाई उपचारका लागि विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!