भजन गाएर मन्दिर निर्माण, चौपारी र पौवाको उद्घाटन

Posted on: 26 Apr, 2016

बैशाख १४, वामी (गुल्मी) । वामी ६ दाल्कामा रहेको एक आमा समुहको सक्रियतामा निर्माण गरिएको गणेश मन्दिरको आज उद्घाटन गरिएको छ । दाल्कामा रहेको नवदुर्गा भगबती आमा समुहको सक्रियतामा आमा समुहले रातीमा गाँउ घरमा भजन गाउँदै तथा चन्दा संकलन गरि संकलन गरेको रकम बाट सोही मन्दिर निर्माण गरिएको थियो । २०७० सालमा निर्माण कार्य शुरु गरिएको मन्दिरको केही समय अगाडी निर्माण कार्य सम्पन्न भएको थियो । साथै आजै कार्यक्रमको अवसरमा रायमाझी कुल देबता समितिको मन्दिरमा संकलित भेटी र रायमाझीहरुको चन्दाबाट निर्माण गरिएको चौपारी समेत उद्घाटन गरिएको छ । उक्त चौपारी रायमाझीहरुले स्वर्गीय रायमाझी पुर्बज हरुको स्मृतिमा सहयोग संकलन गरि निर्माण गरेका हुन । सोही चौपारी निर्माणको लागी रायमाझीलेहरु रु २४ हजार ६ सय रुपैया संकलन गरेका थिए । यस्तैगरी आजै दाल्कामा निर्माण भएको पौवाको समेत उदघाटन गरिएको छ । पौवा निर्माणको लागी हाल जापानमा रहनुभएका समाजसेबी भिम सापकोटाले नगद रु १ लाख ८० हजार सहयोग गर्नुभएको दाल्काका समाजसेबी फन बहादुर रायमाझीले जानकारी दिनुभयो । मन्दिर उद्घाटन कार्यक्रममा नवदुर्गा आमा समुहकी अध्यक्ष शष्टि देबी केसीको अध्यक्षता रहेका थियो भने पण्डित उमानन्द पोखरेलको प्रमुख आतित्थ्यता रहेको थियो । भने पौवा निर्माणको लागी अधिकतम सहयोग गर्नुहुने भिम सापकोटाकी ममतामयी माता पुतली सापकोटाको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्नै बक्ताहरुले महिलाहरुले रातीमा अरुको घरमा भजन आएर सहयोग उठाइ यो मन्दिर निर्माण गर्दा सम्म निकै समस्याहरु सामाना गर्न परेको बताएका थिए । कार्यक्रममा समाजसेबी तथा बुद्धिजिवि फन बहादुर रायमाझी तथा कमल केसी आयब्याय बिबरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा आमा समुहकी सदस्य रिमा रायमाझीले स्वागत मन्तब्य राख्नुभएको थियो भने मालीका ईग्लिस बोर्डिङ् सेकेन्डरी स्कुलकी शिक्षिका अनिशा रायमाझी केसीले गर्नुभएको थियो । कार्यक्रममा मन्दिरमा निर्माणमा सहयोग गर्नुहुने सहयोगीहरु कमल केसी, खिम बहादुर रायमाझी माइलाबा, महेन्द्र केसी लगायतलाई सम्मान गरिएको थियो ।

- अनिश शर्मा गैरे बाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!