बझाङको केदारस्यु गाउँपालिकाका एक किशोर एकहप्ता देखि बेपता

Posted on: 31 Jul, 2019

 धुर्व बिष्ट | साउन १५, बझाङ |  बझाङको केदारस्यु गाँउपालीका वडा  ६ भाटसैन थापा गाँउकाका एक बालक बिगत सात दिन देखी बेपता भएका छन । केदारस्युको स्थानीय बजार बाग्थलामा कपडा किन्न भनी गाउकै साथी बिकास गुर्धामीसंग गत मङगलबार घरबाट हिडेका झलक गुर्धामी अहिले सम्म घर फर्किएका छैनन् । 

पन्ध्र वर्षका झलक र ११ वर्ष का बिकास बाग्थला चैनपुर जयपृथ्वी राजमार्गको बाटोमा गाडी चढेर देउरा झोता हुदै चैनपुर सम्म गएको तर चैनपुरमा बिकासका आफन्तले बिकासलाई सडकमा एक्लै भेटेपछी बिकास आफन्त संगै घर फर्किएका छन भने, झलक हाल सम्म बेपता रहेको परिवार स्रोतले जनाएको छ । बिकासलाई सोधपुछ गर्दा उनले झलक जयपृथ्वी राजमार्गको बिचबाटो बाटै आफुसंग छुटेको र आफु एक्लै चैनपुर गएको बताएका छन ।

नयां ठाँउ नजानेको नचीनेका मान्छे भएपछि आफुपनि कता पुगे थाहा नभएको बिकासले बताएका छन् | आफुत संयोग बस आफन्तसंग भेट भएपनि झलक बिचबाटोमै छुटेका र आफुले बिरानो ठाँउ भएकाले ठाँउ पहिचान गर्न नसकेको बिकासले बताएका छन् |

माथिल्लो  शरीरमा हरीयो सट र शरीरको तल्लो भागमा कालो पाईनट लगाएका अलीकती लामो कपाल पालेका झलक हराएको करिब एक हप्ता भएपनि कुनै आशलाग्दो कुरा नआएको उनका बुवा मान बाहुर गुधार्मीले बताएका छन् |

आफ्नो  माहीलो सन्तानका रुपमा रहेको झलक एतिलामो समए सम्म पनि कुनै पत्तो नलाग्दा सन्तानको वियोगमा आमा  पार्वति देवि गुधार्मी आकुल व्याकुल भएकी छन । 

श्री चन्द्रोदय मावि विद्यालय भाटसैनमा कक्षा ६मा अध्यनरत झलको घराएसि नाम आने गुधार्मी रहेकाले र उनी आफनो आमा बुबाको माहीलो सन्तान हुन उनका दुई भाई दुई बहीनी रहेको स्थानीए उमेश धामीले बताउनु भएको छ ।

उनको कुनै पनि फोटो आफन्त संग नभएको हुदाँ खोजीकार्य गर्न कठिन भएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!