डडेल्धुराको जोगवुडामा साहित्य प्रतिष्ठानको गठन

Posted on: 01 Aug, 2019

भास्कर के.सी  |  साउन १६, कञ्चनपुर | सौंज डडेल्धुराको जोगबुडा पशुराम नगरपालिकामा रंगुन साहित्य प्रतिष्ठान गठन भएको छ । त्रिवेणी वहुमुखी क्याम्पसका प्राध्यापक रोसन अवस्थीको अध्यक्षतामा एघार सदस्यीय कार्यसमितिको एक कार्यक्रमकाबीच पशुराम नगरपालिकामा बुधवार गठन   भएको हो । 

नव गठित उक्त प्रतिष्ठानले विभिन्न साहित्यिक गतिविधिहरु सञ्चालन गर्दै स्थानिय भाषा ,कला तथा सस्कृतिको संरक्षण सम्बद्र्धन गर्ने मुख्य उद्देश्य राखेको छ । यसका साथै सो समितिले भाद्र १३ गते मोती जयन्ती भव्यताका साथ मनाउनुका साथै भित्ते पत्रिका प्रकाशन गर्ने ,वृक्षारोपण गर्ने तथा सरसफाई गर्ने निर्णय गरेको अध्यक्ष अवस्थीले जानकारी गराए । साहित्यिक भित्तेपत्रिका प्रत्येक शुक्रवार प्रकाशीत गर्ने जानकारी समेत उनले दिए । यस्ता साहित्यिक गतिविधि तथा कार्यकलापले भित्रि मधेस क्षेत्रको साहित्यिक विकास एवम् स्थानिय नव साहित्यिक प्रतिभा प्रस्फोटन गर्न प्रभावकारी हुने तथा समग्र सामाजिक जागरण ल्याउनमा समेत उलेख्य योगदान रहने धारणा उनले व्यक्त गरे ।

प्रमुख अतिथि समेत रहनु भएका समकालीन साहित्य समाज कञ्चनपुरका अध्यक्ष कल्याण ओझाले साहित्यिक विकास तथा पर्वद्धनमा रंगुन साहित्य प्रतिष्ठानले दिर्घकालीन कार्ययोजना बनाएर अघि बढ्न सुझाए । ओझाले साहित्यिक संस्थाहरुबीचमा निरन्तर सहकार्य र समन्वयका टड्कारो आवश्यकता रहेको भन्दै समकालीन साहित्य समाज कञ्चनपुर सबैसँग हातेमालो गर्दै अगाडि बढ्न सदैव खुला रहेको स्पष्ट पारे ।  

उक्त प्रतिष्ठानका  अन्य सदस्यहरुमा वद्री सिँ. खत्री , दुर्गादत्त जोशी , रमेश सिह नगाल , रघुनाथ जोशी ,पदमराज जोशी , सरस्वती विष्ट , तेजराज पनेरु ,राजेन्द्र सिं कवर ,चक्रदेव भट्ट र भिमल साउद लगायत रहेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!