एक दर्जन जिल्लाका एनसेल टावरमा विष्फोट र आगजनी, अर्घाखाँचीमा एनटिसी टावरमा समेत आगजनी

Posted on: 01 Aug, 2019

साउन १६, काठमाडौँ  | अज्ञात समूहले देशभर एक दर्जन बढी जिल्लाका एनसेल टावरमा आगजनी र विष्फोट गराएको छ | कतिपय जिल्लाहरुमा आगजनीले गर्दा संचार सम्पर्क काटिएको छ | र सेवाग्राही मर्कामा परेका | 

प्रहरीका अनुसार देशका विभिन्न्न जिल्लाहरु झापा, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, पूर्वी नवलपरासी, पर्वत, बाग्लुङ, म्याग्दी, कपिलवस्तु, डडेलधुरा, कैलाली, रुपन्देही जिल्लाका एनसेल टावरमा आगजनी र विष्फोट भएको छ । त्यस्तै, मोरङको उर्लाबारीमा रहेको एनसेल टावरमा पनि आगजनी भएको छ ।यसैगरी अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ५ मैदानको अमजामा रहेको नेपाल टेलिकमको टावरमा पनि आगजनी भएको छ । गएराति करिब ८ बजे आगजनी भएको र सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

यी सबै आगजनी र विष्फोटका घटना बुधबार रातिदेखि बिहीबार बिहान ८ बजेको बीचमा भएका छन् । विष्फोट र आगजनी कसले गरायो भनेर एकीन भएको छैन, तर विप्लव समूहको संलग्नता रहेको अनुमान छ । विप्लव समूहले एनसेल र एनटीसीका टावरमा क्षति पुर्‍याउँदै आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!