रस्नालु र बेताली गाविसमा २१ सय १५ थान ब्ल्याङकेट बितरण ।

Posted on: 11 Feb, 2016
माघ २८, प्रज्वल पौडेल, रामेछाप । भुकम्पपछि अस्थायी आवासको कष्टकर बसाईमा रहेका रामेछाप जिल्लाको उत्तरी भेगका रस्नालु र बेताली गाविसमा बुधबार २१ सय १५ थान ब्ल्याङकेट बितरण गरिएको छ । रस्नालु गाविसका ११ सय १० र बेताली गाविसका १ हजार ५ भुकम्प पिडित घर परिवारलाई यु.एन.एच.सि.आर र हेन्डर्स ईन्टरनेसनल नामक संस्थाको सहयोगमा श्री सिर्जनसिल युवा समाज चिसापानी रामेछापले ब्ल्याङकेट बितरण गरेको हो । जाडोले निकै सताएको समयमा ओढ्नका लागी कम्मल, ब्ल्याङकेट पाएपछि स्थानियहरु खुसि भएका छन् । उनीहरुले नागरिकहरुको तत्कालको समस्या पहिचान गरेर आवश्यकता तथा माग अनुसारको राहात बितरणलार्ई निरन्तरता दिन पनि आग्रह गरेका छन् । ब्ल्याङकेट बितरण कार्यक्रममा श्रीजनसिल युवा समाजका अध्यक्ष भुवनकुमार श्रेष्ठ, उपाध्यक्ष रामकुमार श्रेष्ठ, कार्यक्रम संयोजकहरु लव श्रेष्ठ र गोपाल श्रेष्ठ, रस्नालुमा गाविस सचिव श्यामकुमार श्रेष्ठ, प्रहरी चौकी बेतालीका ईन्चार्ज र स्थानिय राजनीतिक दलकोे सहभागीता रहेको थियो । संस्थाका अध्यक्ष भुवनकुमार श्रेष्ठले श्रीजनसिल युवा समाज चिसापानीले पिडामा परेका नागरिकहरुको आवश्यकता पहिचान गरि सक्दो सहयोग गर्दै जाने बताएका छन् । उनले अब चाडै रामेछापका पुरानागाउँ, चनखु र फर्पुमा पनि यस्तै सामाग्री बितरण गर्ने संस्थाको योजना रहेको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!