बडागाँउका अग्नि पिडीतको लागी झण्डै २३ लाख आर्थिक संकलन

Posted on: 04 May, 2016

बैशाख २२, वामी (गुल्मी) । शनिबार भएको आगलागी बाट आफ्नो सारा सम्पत्ति जलेर आकाशको छानो ओढ्न बाध्य भएका बडागाँउका अग्नि पिडीतहरुको लागी अहिले सम्म झण्डै २३ लाख बराबरको आर्थिक सहयोग संकलन भएको छ ।

बिभिन्न गाँउ बिकास समितिहरु, संघसंस्था, बिद्यालय, आमा समुह, क्लब, स्थानीय, बिदेशी नेपालीहरु लगायतले गरी हाल सम्म २२ लाख ८२ हजार ३ सय ७६ रुपैया सहयोग संकलन भएको अग्नि पिडीत अन्तर्गत सञ्चार समितिका संयोजक चुरा बहादुर छन्तेलले जानकारी दिनुभयो । त्यसैगरी पिडीतहरुलाई अन्य जिन्सी सहयोग पनि हुने क्रम जारी रहेको छ । आज पनि राहात बितरण कार्यक्रम जारी रहेको थियो । आज वामीटक्सारमा रहेको वामीटक्सार युबा क्लबले १ लाख १ सय ६६ नगद हस्तान्तरण गरेको छ । जापानमा रोजगारीमा रहेको नेपालीहरु बाट संकलन भएको ७१ हजार १ सय ६६ र क्लबले संकलन गरेको २८ हजार पाँच सय गरी १ लाख १ सय ६६ रुपैया आज अग्नि पिडीत समति बडागाँउ वडा नम्बर १, २ र ३ लाई हसन्तरण गरिएको हो । हस्तान्तरण गर्न क्लबको प्रतिनिधित्व गर्दे वामी बाट सन्तोष शाक्य, निर्मल शाक्य, निरन बौद्धाचार्य, अम्बु श्रेष्ठ लगायत त्याहा पुग्नुभएको थियो । त्यसैगरी आज मालिका ईग्लिस बोर्डिङ् सेकेन्डरी स्कुल वामीले पनि सहयोग संकलन गरी पिडीत समक्ष हस्तान्तरण गरेको छ । बिद्यालयका शिक्षक बिद्यार्थीहरु द्धारा संकलित १० हजार रुपैया बिद्यालयका शिक्षक मेघ प्रसाद श्रेष्ठले हस्तान्तरण गर्नुभएको हो । त्यसैगरी मुसीकोट गाँउ बिकास समिति द्धारा १ लाख ३३ हजार ३ सय ३३ रुपैया हस्तान्तरण गरिएको छ । गाबिस बाट १० हजार, वडा १ बाट ११ हजार ४ सय ९, २ बाट ८ हजार १ सय ५०, ३ बाट ११ हजार एक सय ८५, ४ बाट १३ हजार ५ सय ६५, ५ बाट १० हजार २ सय ५० ,६ बाट ३१ हजार २ सय ५०, ९ बाट ८ हजार १ सय ५१, नेपाल राष्ट्रिय त्रिभुबन माबि बाट ९ हजार ४ सय ६०, महिला बहुउद्धेश्यीय सहकारी संस्थाबाट रु ५ हजार, सिद्ध प्राबि बाट २६ सय ४८, तुफान परिकल्पना युबा क्लब बाट रु २ हजार । जनज्योती प्राबि १ हजार गरी १ लाख ३३ हजार ३ सय ३३ रुपैया हस्तान्तरण गरिएको हो ।

-अनिश शर्मा गैरे बाट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!