सुन चाँदीको भाउ घट्यो

Posted on: 01 Aug, 2019

साउन १६, काठमाडौँ  | बिहीबार  नेपाली बजारमा सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ६५ हजारमा कारोबार भएको छ । बुधबार सुनको भाउ प्रतितोला ६५ हजार ४०० मा कारोबार भएको थियो । 

यस्तै बुधबार चाँदी रु ७८० मा कारोबार भएकोमा बिहीबार ७७० मा कारोबार भएको महासंघले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!