नेपाल एयरलाइन्सले जापानको नारितामा चार्टर्ड उडान गर्न पाउने

Posted on: 01 Aug, 2019

साउन १६, काठमाडौँ  |  नेपाल वायुसेवा निगमले जापानको नारितामा चार्टर्ड उडानको अनुमति पाएको छ । यसअघि निगमले जापानको ओशाकामा मात्र सेड्यूल फ्लाइटको अनुमति पाएको थियो । सोहीअनुसार निगमले आगामी भदौ दोस्रो सातादेखि ओशाकामा नियमित उडान थाल्दैछ ।

ओशाका जापानमा कम नेपाली बस्ने क्षेत्र हो । नारितामा भने निगमले धेरै यात्रु पाउने अपेक्षा छ । किनकी नारिता विमानस्थल जापानको राजधानी प्रवेश गर्ने मूख्य हवाई द्धार हो ।

निगमले आगामी अक्टोबरबाट चार्टर्ड उडान गर्ने गरी अनुमति प्राप्त भएको निगमका प्रवक्ता गणेशबहादुर चन्दले जानकारी दिएका छन् । निगमले नारितामा सेड्यूल फ्लाइट गर्न खोजे पनि अनुमति पाएको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!