कपिलवस्तुमा समाजवादी पार्टीका नेतामाथि गोली प्रहार

Posted on: 01 Aug, 2019

साउन १६, कपिलवस्तु  | कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा सत्तारुढ समाजवादी पार्टीका गाउँपालिका अध्यक्ष रामनयन यादवमाथि बिहीबार दिउँसो गोली प्रहार भएको छ ।

शुद्धोधन गाउँपालिका-५ हथिहवा निवासी यादवको कुममा गोली लागेको छ । मोटरसाइकलमा आएका दुईजनाले यादवमाथि गोली प्रहार गरेको र उनीहरुको पहिचान भइनसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

गोली लागेर सामान्य घाइते भएका यादवको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!