लोपन्मूख अवस्थामा दहबगरको परम्परागत लुगा बुनाई

Posted on: 01 Aug, 2019

सुरेश कुँवर  | साउन १६,  बझाङ |  बझाङ जिल्लाको दुर्गम भेगमा  पर्ने बुङ्गल नगरपालिकाको वडा न १ र २ दहबगरमा भेडाका रौं र भाङोँका कापडाहरु लोप हुना थालेका छन । पुर्खेउलीहरुले आफै भेडाका रौंहरु संकलन गरेर , भाङोँ खेती लगाएर आफै आफ्नो र आफ्नो परीवारको लागि जुनसुकै साइजका कपडाहरु तयार गर्ने गर्दथे | 

भेडाका रौँ र भाङोँका लोताहरु लाई दुई वटा लाउरी (डण्डा) जस्ता निङालाको फिर्को बनाएर  त्यहि फिर्कोमा सानो  मसिनो लामो डोरी बनाएर एउटा लुवाको सुइले आफनै हातले विभिन्न लुगाकपडा बनाउने गरेको स्थानीय करशिह जाग्रीले बताउनु भएको छ ।

जाग्रीका अनुसार  भेडाका रौँबाट र भाङोँका लोता बाट टोपी , सुइटर ,गादो ,पाखो जस्ता विभिन्न बर्सौ वर्ष टिक्ने कपाडाहरु आज भोलि हराउन थालेको उनको भनाइ छ । आफू बाहिर जुनसुकै ठाउँ  जादाँ यो दहबगरको मान्छे भनी चिनेने भएकोले आफ्नो गाउँठाउँ पहिचान समेत हुने गरीएको अर्का स्थानिय अर्जुन धामीको भनाई छ | 

आज भोलि बिदेशी लुगाकपडा आफनै स्थानीय बजारमा आउदा  पनि हुन सक्छ , नया पिडीले पुर्खौली कपडा प्रती  त्यति ध्यान नदिएको पाइन्छ । अबका नया पुस्ताहरुले त पुराना भेडाका रौँका भाङोँका गादो , पाखो , टोपी  ल्गाउनुत परको कुरा देख्न समेत नपाउने अर्का स्थानीय दलबाहादुर धामी गुनासो छ |

यस्ता परम्परागत  पुर्खेउली सास्कृति र गुणस्तर बस्तुको  जगेर्ना गर्नु हामी सबै नयाँ  पिडी  लगाएत स्थानीय सरकार र सरोकारवाला सबैको उत्तिकै दायित्व रहेको छ |

तस्बिरमा : काधमा लुगा बुन्नको लागि स्थानीय स्तरमा उत्पादितबस्तु बाट लुगा बुन्ने तयारीमा  बझाङको बुङ्गल नगरपालिका  दहबगरका स्थानीय तमाखु खादै |


यस बिषयमा तपाइको प्रतिक्रिया...!