काठमाडौँमा मेलम्ची खानेपानी पाइप सफा गर्ने क्रममा दुई जना मजदुरको मृत्यु

Posted on: 02 Aug, 2019

साउन १७, काठमाडौं । काठमाडौं-१६, बालाजु चोकमा मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई जना मजदुरको मृत्यु भएको छ । 

घाइते अवस्थामा उद्दार गरिएका सप्तरीका २५ वर्षीय सुरेश साह र २० वर्षीय शिवराम साहको उपचारका क्रममा मृत्यु भएको हो | महानगरीय प्रहरीले उनीहरूको मृत्यु भएको पुष्टि गरे ।  ठूलो पाइपभित्र पसेर काम गर्ने क्रममा दुर्घटना भएको प्रहरीको भनाई छ | 

प्रहरीका अनुसार पाइप भित्र पसेको धेरै वेरसम्म नफर्किएपछि उद्दार गरेर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो | घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!