बैतडीमा गरिबका लागि किनेको सोलार जनप्रतिनिधिले नै राखे

Posted on: 02 Aug, 2019

कृष्ण बिष्ट | साउन १७, बैतडी | बैतडीमा गरिबहरुको लागि वडा कार्यालयले खरिद गरिएका सोलार सेटहरु जनप्रतिनिधिहरुले नै राखेको पाइएको छ । पाटन नगरपालिकाको वडा नं १ को कार्यलयले उज्यामलोबाट बञ्चित भएका वडा भित्रका गरिब बिपन्न परिवारको लागि भन्दै खरिद गरिएका सोलार सेटहरु आफै जनप्रतिनिधिहरुले लगेको पाइएको हो । 

वडा कार्यालयबाट ४ सेट सोलारहरु किनिएका थिए । गरिबलाई दिने भन्दै वडा सदस्य दलिराम बिकले आफ्नै श्रीमती रत्ना बिकको नामबाट आफ्नै घर लगेको वडा कार्यालयले जनाएको छ । बिद्युत सेवा नपुगेको र एकदमै गरिब परिवारको लागि भन्दै गत बैशाखमा सोलार खरिद गरिएको थियो । 

४ जना वडा सदस्य मार्फत सोलार सेट बाडिएकोमा अन्य वडा सदस्यहरुले आसेपासेलाई बाडेको पनि आरोप लागेको छ । वडा सदस्य दलिराम बिकले भने आफ्नो घरमा पनि बिद्युत नहुदा सोलार राखेको स्विकार गरेका छन । अब घरमा बिजुलि पुगी सकेकाले गरिबलाई दिने बताएका छन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!