चार दिनदेखि बेपत्ता बैतडीका एक किशोर मृत फेला

Posted on: 02 Aug, 2019

कृष्ण बिष्ट | साउन १७, बैतडी | गत मङगलाबार १४ गते  बेपत्ता भएका बैतडीका एक किशोरको  मृत अवस्थामा शव फेला परेको  छ । 

जिल्ला सदरमुकाकम गोठलापानीबाट बेपत्ता भएका दशरथ चन्द नगरपालिका ६ नक्तडिका १८ वर्षिय दिपक महर आज (शुक्रबार) मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक दिपक पातलीले जानकारि दिनुभयो । 


प्रहरीका अनुसार  दशरथचन्द नगरपालिका ६ कन्सनीगाड खोलामा आज अप्राह्नः ४ बजे   शव फेला परेको हो । गत मंगलबार साँझ ७ बजे गोठलापानीबाट घर फर्कने क्रममा १८ वर्षिय  महर बेपत्ता भएका थिए । 

मृतकको शव परिक्षणका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरी निरीक्षक पातलीले बताउनुभयो । महरको मृत्युको कारण भने खुल्न सकेको छैन् । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!