कन्चनपुरमा एक युवकको शव फेला

Posted on: 03 Aug, 2019

साउन १८, कञ्चनपर । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ सालघारी सुकुम्बासी बस्तीका अन्दाजी २४ वर्षीय दुखीराम डगौरा आज मृत फेला परेका छन् ।

शुक्रबारदेखि हराएका डगौरा महेन्द्रनगर बजारको कारागार रोड छेउमै मृतावस्थामा फेला परेका हुन् ।

मृतक दुखीरामकी भाउजु जुना डगौराले गत शुक्रबार खाना पकाउने ग्यास सिलिण्डर बेच्न नदिएपछि रिसाएर घरपरिवारको सम्पर्कमा नआएको बताउनुभयो ।

“मदिराको अम्मली थिए”, उहाँले भन्नुभयो, “आज मृतावस्थामा फेला परेका छन् ।” दुखीरामको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ । प्रहरीले मृत्युको कारणबारे अनुसन्धाुन गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!