आगामी २४ घण्टाको मौसम पूर्वानुमान हेर्नुहोस

Posted on: 04 Aug, 2019

साउन १९, काठमाडौँ  | आइतबार देशभरी आंशिक देखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ  | मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू-भाग भन्दा दक्षिण तिर अवस्थित छ र नेपाल तर्फ सर्दैछ  |

आइतबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाहुने संभावना  रहेको छ  | 

महाशाखाका अनुसार आगामी २४ घण्टामा देशका  केहि स्थानमा मेघ गर्जन/चट्याङ्ग पर्ने सम्भावना रहेको तथा मध्य र पुर्वका पहाडि भू-भागको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध  गरिएको छ  |

यस बिषयमा तपाइको प्रतिक्रिया...!