सामाजिक परिचालकहरुसँगको अर्धवार्षिक समिक्षा सम्पन्न

Posted on: 11 Feb, 2016

माघ २८, प्रज्वल पौडेल, रामेछाप ।

सामाजिक परिचालकहरुसँगको अर्धवार्षिक समिक्षा बैठक बुधबार रामेछाप सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ । स्थानीय सरकारको जवाफदेहिता अभिबृद्धि परियोजना रामेछापको आयोजनामा भएको कार्यक्रममा सहभागीतात्मक योजनातर्जुमा प्रक्रियामा नागरिकहरुको सहभागीताको अवस्था, नागरिक सचेतना केन्द्र तथा वडा नागरिकको योजना छनौट तथा कार्यान्वयमा देखिएको भूमिका लगाएतका विषयहरुमा छलफल छलफल भएको छ ।

यसैगरी अर्धवार्षिक समिक्षा बैठकमा संस्थाले सामाजिक परिचालकहरुले परियोजनाले तालिम दिएपछि रिफ्लेक्टमा संचालन गरेका नागरिक शिक्षा, स्थानीय निकाय स्रोत परिचालन तथा ब्यवस्थापन कार्यविधि तथा सहभागीतात्मक योजना तर्जुमा सम्बन्धि कक्षा संचालन पश्चात् योजना छनौटमा भएको सकरात्मक पक्षहरु, आइपरेका समस्याहरु तथा अपनाउनु पर्ने रणनीतिहरुको विषयहरुमा छलफल गरिएका परियोजनाका जिल्ला संयोजक उमङ्ग मैनालीले जानकारी दिए ।

असलशासन क्लब जिल्ला समन्वय समिति रामेछापका अध्यक्ष दीपक भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साल्ज परियोजना काठमाण्डौकी क्षमता विकास अधिकृत शोभिता परियार, जिल्ला संयोजक उमङ्ग मैनाली, स्थानीय सेवा प्रदायक संस्थाका कार्यक्रम संयोजक गम्भीर वि.क. सामाजिक परिचालकहरु गीता कार्की, दुर्गा बहादुर माझी, काजी मुग्राती लगाएत ४४ गाविसहरु सामाजिक परिचालकहरुको सहभागीता रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!