भिरबाट लडेर डोटीमा एक जनाको मृत्यु

Posted on: 04 Aug, 2019

साउन १९, डोटी  | डोटीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ | जिल्लाको बोगटान गाउँपालिका वडा नम्बर ५ का ५० बर्षीय गोरे बराल सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएका छन्  |

प्रहरीका अनुसार शनिबार राति पौने १० बजेको समयमा केआई सिंह गाउँपालिका वडा नम्बर ५ बाट घर फर्किरहेका बरालको बोगटानकै धिर्कामाण्डौं स्थित गणेशकाँडाको जगंलमा बाटोबाट करिब १५ मिटर तल  खस्दा मृत्यु भएकको हो। 

मृतककी श्रीमती जमुना बराल सुनारले आईतबार बिहान चवराचौतारा प्रहरीलार्ई खबर गरेकी थिईन | चवराचौतारा प्रहरी चौकीबाट झण्डै ६ घण्टा टाढाको दुरीमा रहेको उक्त घटनास्थलतर्फ प्रहरी टोली पठाईएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!