भारतमा बसेर नेपाली व्यवसायीलाई धम्कीदिने पक्राउ

Posted on: 04 Aug, 2019

साउन १९, काठमाडौँ  |  भारतको विभिन्न शहरमा बसेर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरका ३० वर्षीय उदय गिरी छन् । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका अनुसार गिरीले विभिन्न मितिमा नेपाली तथा भारतीय मोबाइल नम्बरको प्रयोग गरेर व्यवसायीलाई धम्क्याएका थिए ।

उनले ७५ लाख रुपैयाँ माग गरेको र विशेष सूचनाका आधारमा पक्राउ गरेका हौं प्रहरीले भने | धापाखेलबाट उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ | गिरी यसअघि पनि हातहतियार तथा खरखजना मुद्दामा ३ वर्ष जेल बसेर छुटेका व्यक्ति हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!