दुई वर्ष जेल र साढे २६ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

Posted on: 04 Aug, 2019

साउन १९, काठमाडौँ  | प्रहरीले ठगी मुद्दाका दुई वर्ष जेल र साढे २६ लाख जरिवाना तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको ठिमीका ४८ वर्षीय सुनिल श्रेष्ठ छन् । श्रेष्ठलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले आइतबार पक्राउ गरेको हो ।

महाशाखाका प्रहरीका अनुसार श्रेष्ठलाई जिल्ला अदालत, पाटनले १ वर्ष १० महिना २३ दिन कैद र २६ लाख ४८ हजार तीन सय ८७ रुपैयाँ ४० पैसा जरिवाना फैसला गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!