बाजुरामा दुई महिनादेखि बेपत्ता किशोरीको कंकाल फेला

Posted on: 04 Aug, 2019

साउन १९, बाजुरा | बाजुरामा दुई महिनादेखि बेपत्ता एक किशोरीको कंकाल फेला परेको छ | जिल्लाको हिमाली गाउँपालिका  वडा नम्बर १ की १६ वर्षीया बासमती भण्डारीको कंकाल फेला परेको प्रहरीले जनाएको छ | प्रहरीका अनुसार बासमतीको हिमाली गाँउपालिका ६ मा रहेको कर्णाली किनारमा कंकाल भेटिएको  हो |

उनको लुगा र अन्य कागजपत्रका आधारमा पहिचान भएको प्रहरीको भनाइ छ | किशोरीको को मृत्युको कारण भने खुल्न सकेको छैन् | गत जेठ ७ गते हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता खेल्न गएकी भण्डारी बेपत्ता भएकी थिइन् |

वडा नम्वर १ को विच्छ्या माविमा कक्षा नौ मा अध्ययनरत भण्डारी सटफूट खेल खेल्नका लागि गाउँपालिकाको केन्द्र धुलाचौर गएकी थिईन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!