पूर्वयुवराज्ञी हिमानी शाहद्वारा विपत्तिमा सहयोग गर्न उद्धार कोष स्थापना गर्ने घोषणा

Posted on: 04 Aug, 2019

साउन १९, काठमाडौँ  | पूर्वयुवराज्ञी हिमानी शाहले प्राकृतिक विपत्तिमा परेकाहरुलाई सहयोग गर्न ‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गर्ने घोषणा गरेकी छिन् ।  हिमानी ट्रष्टकी अध्यक्ष समेत रहेकी पूर्व युवराज्ञी शाहले बाढी, पहिरो, डुबान पीडितलाई तत्काल राहत उपलब्ध गराउने गरी सो कोष स्थापना गर्न लागिएको पनि स्पष्ट पारिन् ।

आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले पूर्व औरहीका अग्नी पीडित, पश्चिम खारापानीका बाढी पीडित, सुर्खेतका बाढी पीडितलाई राहत दिन पनि कोष स्थापना गर्नु परेको पनि स्पष्ट पारे ।

पूर्वयुवराज्ञी शाहले सो कोषमार्फत् विपत्तिमा परेका बाढी, पीडितलाई राहत दिन पूर्वराजा ज्ञानेन्द्र शाहका सन्देशहरुको संग्रहित पुस्तक विक्री वितरणमा राखिएको पनि जानकारी दिए । हिमानी ट्रष्टले सामाजिक सेवा अन्तरगत भूकम्प पीडितलगायतकालाई पनि राहत वितरण गर्दै आएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!