सिरहामा डाका मुद्दामा फरार प्रतिवादी पक्राउ

Posted on: 05 Aug, 2019

महेश सिंह महतो | साउन २०, सिरहा | सिरहाबाट फरार प्रतिवादीको रुपमा रहेका सिरहाको बिष्णु पुर गाउँ पालिका -३ राजपुरका  २० बर्षिय रुपेश कुमार यादव लाई प्रहरीले पक्राउ गरेका  छन । 

डाका मुद्दा परेका यादव बिगत केहि दिन देखि  छिमेकी मुलुक भारतमा लुकिछिपी बस्दै आएको  थिए । डाका मुद्दामा केही दिनदेखि फरार रहेका एक प्रतिवादीलाई सिरहा प्रहरीले शनिबार पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय बिष्णुपुरबाट खटिएको नेपाल प्रहरीको टोलीले सूचनाको आधारमा पक्राउ गरेका छन । 


फरार रहेका यादवलाई ईलाका प्रहरी कार्यालय बिष्णुपुर प्रहरीको गस्ती टोलीले बिष्णुपुरगाउँ पालिका -३ राजपुरबाट पक्राउ  गरेरको हो । 

पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता अपिलराज बोहराले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!