पोखरामा स्कुटर र मोबाइलहरु चोरी गर्ने दुई किशोर पक्राउ

Posted on: 05 Aug, 2019

साउन २०, कास्की | जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका बिभिन्न स्थानहरुबाट बिभिन्न समयमा चोरी भएका बिभिन्न ब्राण्डका मोबाईल र एक स्कुटर चोरी गर्नमा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ । 

प्रहरीले विभिन्न स्थानबाट चोरिएको ८ थान मोबाइल तथा ग १२ प ८५५५ नं को सेतो/कालो स्कुटर चोरी गर्ने काममा संलग्न १७ बर्षीय २ किसोरहरुलाई पक्राउ गरेको हो । 

चोरीमा संलग्न १७ बर्षीय २ किशोरहरुलाई चोरी गरी लुकाई छिपाई राखेको अवस्थामा मोबाईल र स्कुटर सहित पक्राउ गरी कानुनी प्रकृया अगाडी बढाइएको प्रहारीले जनाएको छ । 


नागका मन्दिर र घरघरमा नागको पूजा 

श्रावण शुक्ल पञ्चमीका अवसरमा आज पोखरा र आसपासका नाग मन्दिर र घरघरमा नागको पूजा गरिएको छ । आज बिहानैदेखि पोखराको प्रसिद्ध कमलपोखरी, नागढुङ्गा, चिप्लेढुङ्गालगायतका स्थानमा नागको पूजाका लागि सर्वसाधारण पुगेका छन् । घरघरका साथै नागका थानमा पूजा गर्ने भक्तजनको भीड लागेकोछ ।

प्राचीन प्रचलनअनुसार नागको मूर्ति एवं तस्वीरमा दूध, दही, अक्षता, फूल, दुबो, कपास राखी पूजा गरी गाईको गोबरको सहायताले घरको ढोकामाथि टाँस्ने प्रचलन छ । आजको दिनदेखि बर्खा सकिएर हिउँद शुरु भएको मान्ने प्रचलन छ । नाग पञ्चमीका दिन नागका अष्टकुलका रुपमा लिइने अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नागको चित्र टाँस्नाले घरमा सर्पादी भय नहुने, चट्याङ नपर्ने तथा अग्निजन्य भय नहुने विश्वास गरिन्छ ।

भूमिमा नाग देवताको बसोवास हुने र भूमि खन्दा नागलाई कष्ट हुने सम्भावना भएकाले पोखरा र आसपासका क्षेत्रमा नागपञ्चमीका दिन भूमिमा खनजोत नगरिने प्रचलन रहेको स्थानीयवासी गुरुप्रसाद पौडेलले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!