सुनको भाउ फेरी बढ्यो, हिजोको रेकर्ड तोडेर नयाँ रेकड कायम

Posted on: 05 Aug, 2019

साउन २०, काठमाण्डौ । फेरी सुनको भाउ आज पनि नेपाली बजारमा निरन्तर बढीरहेको छ | हिजोको रेकड आज बढेर  फेरी तोडेको छ  |  अझ सुनको भाउले नयाँ  रेकर्ड बनाएको छ । आइतबार सुनको भाउ प्रतितोला  ६६ हजार ३ सय रुपैयाँ पुगेको  थियो भने आज  बढेर ६७ हजार ८ सय  पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

लगातार शुक्रबार देखि बढिरहेको छ | शुक्रबार  एकैदिन प्रतितोलामा  ८ सय रुपैयाँ बढेर ६५ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको थियो । त्यसपछि सुन तोलामा ५ सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो तोलाको ६६ हजार ३ सय रुपैयाँ पुगेको थियो भने आज आइतबार फेरी बढेर प्रतितोला छापावाल सुन ६७ हजार ८ सय पुगेको छ  | तेजाबी सुन आज ६७ हजार ५ सयमा कारोबार भइरहेको छ |

सोमबार चाँदीको भाउ पनि बढेको छ आज प्रतितोला  चाँदीको ७ सय ९५ रुपियाँ पुगेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!