त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलो सुन बरामद

Posted on: 05 Aug, 2019

साउन २०, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलो अवैध सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले सुनसहित ली निंछीलाई पक्राउ गरेको हो ।

हङकङ हुँदै काठमाडौं आएका उनको लगेजमा सुन भेटिएको प्रहरीको भनाई छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!