देशको पश्चिमी भागमा भारि बर्षाको सम्भावना सतर्क रहन आग्रह

Posted on: 06 Aug, 2019

साउन २१, काठमाडौँ  | मंगलबार देशको पुर्वका पहाडी भुभाग, मध्य तथा पश्चिमी भुभागमा आंसिक देखि सामान्य बदली रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ  | पश्चिमका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । भने पुर्वी तराइमा मौसम सामान्यतया सफा रहेको छ । 

मनसुनको न्यून चापिय रेखा औसत स्थान भन्दा केहि उत्तर तर्फ (नेपाल तर्फ)  सरेको छ | जसको कारण आज दिउँसो देशको पश्चिमी भु-भागमा सामान्य बदली साथै पुर्वी तथा मध्य भु-भागमा आंसिक देखि सामान्य बदली रही देशको केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ । 

देशको पश्चिमी पहाडको एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । मंगलबार राती भने देशभर सामान्यतया वदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ । देशको केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग पर्ने सम्भावना रहेकोले सतर्क रहन महाशाखाले आग्रह गरेको छ  |

यस बिषयमा तपाइको प्रतिक्रिया...!