काङ्ग्रेस नेता सिंह अस्पताल भर्ना

Posted on: 06 Aug, 2019

साउन २१, काठमाडौं | नेपाली काङ्ग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह बिरामी भएपछि अस्पताल भर्ना भएका छन् ।  मधुमेह र ज्वरो बढ्नुका साथै पिसाबमा सङक्रमण देखिएपछि नेता सिंह सोमबार उपचारका लागि अस्पताल गएका छन् ।

 चिकित्सकको सल्लाह बमोजिम नेता सिंह अस्पताल भर्ना हुनुभएको उनका सहयोगी युपी लामिछानेले जानकारी दिए । स्वास्थ्यमा केही असजिलो महसुस भएपछि नेता सिंह चार/पाँच दिनदेखि घरमै आराम गरिहेका थिए ।

सोमबार ज्वरो नघटेपछि उनी अस्पताल भर्ना हुनुभएको र अहिले स्वास्थ्यमा क्रमिक सुधार आएको पार्टीका काठमाडौँ जिल्ला सभापति कृष्ण बानियाँ (सबुज) ले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!