चिकित्सकको लापरबाहीले बच्चाको मृत्यु भएको भन्दै ग्राण्डी अस्पतालमा प्रदर्शन

Posted on: 06 Aug, 2019

साउन २१, काठमाडौँ  | ग्राण्डी अस्पतालमा बच्चाको मृत्यु भएपछि मृतकका आफन्तले प्रदर्शन गरेका छन् । गत असार २० गते जुडुवा बच्चा जन्माएकी गोल्फुटारकी निशा तामाङको जुडुवा मध्ये एक बच्चाको मृत्यु भएपछि उनीहरुले आन्दोलन गरेका हुन् ।

निशाका श्रीमान दोर्जेका अनुसार असार ६ गते उनको एउटा बच्चाको मृत्यु भएको थियो । त्यही दिन उनीहरुले अर्को बच्चालाई ग्राण्डीबाट निकालेर इशान बाल अस्पताल पुर्‍याएका थिए । अस्पतालले इन्फेक्शनको कारणले बच्चाको मृत्यु भएको जनाएपनि यसलाई पत्याउन तयार छैनन् दोर्जे । 

उनले सामान्य अवस्थामा रहेको बच्चाहलाई अस्पतालले पैसाको लागि एनआइसियूमा राखेको आरोप लगाएका छन्  | उनि भन छन्,  ‘डाक्टर र नर्सको लापरवाहीको कारण अपरेशन नगरेकै अवस्थामा मर्यो अपरेशन या अरु केही गरेको बेलामा भएको भए अर्कै कुरा हुन्थ्यो।’

जन्मिएको १८ दिनपछि बच्चाको मृत्युभएपछि उनीहरुले अस्पताललाई पटक पटक सत्य तथ्य छानबिन गर्न आग्रह गरे । तर, अस्पतालले वास्ता गरेन् । सोही कारण आन्दोलन गर्न बाध्य भएको  उनको भनाइ छ |  आज आन्दोलनपछि भने उनीहरुको अस्पतालसँग छलफल  भएको छ |

दोर्जेका अनुसार अस्पतालले गल्ती भएको स्विकार गर्दै चिकित्सकलाई कारवाही गर्ने बताएको छ । भोलि फेरि छलफल भएपछि के गर्ने हो टुंगो लाग्ने उनले बताएका छन् | महगों अस्पताल भन्दैमा उपचार राम्रो हुन्न् भन्ने सबैलाई जानकारी दिन आन्दोलन गरेको उनी बताउछन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!