पाँचौ राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता रामेछापमा सुरु (तस्विरसहित)

Posted on: 18 Feb, 2016

फागुन ६, रामेछाप, प्रज्वल पौडेल ।

पाँचौ जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता बुधबारबाट रामेछापमा सुरु भएको छ । सदरमुकाम मन्थलीमा सुरु भएको खेलको उद्घाटन स्थानिय विकास अधिकारी दिनेशराज पन्तले गरेका हुन् ।

rastapati raning]

(राष्ट्रपति रनिङशिल्ड खेलकुद उद्घाटन ....)

rastapati raning 8ee

फागुण ७ गते सम्म सञ्चालन हुने प्रतियोगितामा एथ्लेटिक्स ,भलिवल, कपर्दी, मार्सल आर्ट लगाएका खेलहरु हुने जिल्ला खेलकुद विकास समिति रामेछापका अध्यक्ष पुरुषोत्तम कडेरियाले जानकारी दिए ।

rastapati raning  3

(मञ्चमा अाशिन अथितिहरु...)

rastapati raning 2

बुधबार भएको महिला भलिबलमा गोकुलगंगा उच्च माध्यामिक विद्यालय रस्नालु प्रथम, बौद्ध माध्यमिक विद्यालय फूलासी द्धितिय र अरुणोदय मावि सैैपु तृतीय स्थान हासिल गरेको जिल्ला खेलकुद समिति रामेछाप सदस्य कल्पना खड्काले बताइन् । उनका अनुसार पुरुष भलिबल अन्तरगत मन्थली उमावि र काकलिङ उमावि दोरम्बा बिच भएको खेलमा काकलिङ उमावि दोरम्बा, गोकुलगंगा उमावि रस्नालु र बिष्णुज्योती मावि आगेँटार माकादुम बिच भएको खेलमा बिष्णुज्योती मावि माकादुम बिजयी, जनजागृत उमावि बेताली र अरुणोदय मावि सैैपु बिच भएको खेलमा अरुणोदय मावि सैैपु विजयी भएका छन् । यो सँगै पुरुष भलिबलमा काकलिङ उमावि दोरम्बा, बिष्णुज्योती मावि माकादुम, अरुणोदय मावि सैपू सेमीफाइनलमा प्रवेश गरेका छन् भने तामाकोशी जनजागृती उमावि खिम्ती र सुर्के देउराली मावि वीच विहिबार हुने खेलबाट विजयी टीम सेमिफाइनलमा प्रवेश गर्ने जिल्ला खेलकुद समिति रामेछाप सदस्य खड्काले जानकारी दिइन् । प्रतियोगिताको भलिवल तर्फ छात्र ८ टिम र छात्रा ७ टिमको सहभागीता छ ।

यता पूरुष कपर्दी तर्फ गौरी शंकर उमावि रामेछाप प्रथम, श्री कृष्ण उमावि खाँडादेवी टीमू द्धितीय र अरुणोदय मावि सैपु तृतीय भएका छन् ।जिल्ला खेलकुद विकास समिति रामेछापको आयोजनामा सुरु भएको सो प्रतियोगितामा क्षेत्रीयस्तरका खेलबाट विजयी विद्यालयका विद्यार्थीहरुले भाग लिइरहेका छन् ।

rastapati raning 6

(कला प्रदर्शन गर्दै विद्यार्थीहरु...........)

rastapati raning 1e

rastapati raning 7ee

यस बिषयमा तपाइको प्रतिक्रिया...!