गर्भवती बुहारीको हत्या आरोपमा सासु, ससुरा पक्राउ

Posted on: 07 Aug, 2019

साउन २२, सप्तरी । गर्भवती बुहारी हत्या आरोपमा प्रहरीले सासु र ससुरालाई नियन्त्रणमा लिएको छ । सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ कि गर्भवती १९ वर्षीया रञ्जुदेवी यादवको हत्या आरोपमा उनकी सासु ४५ वर्षीया लीलादेवी यादव र ससुरा ५५ वर्षीय महेन्द्र यादवलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।

आरोपितहरुले घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ गरी कर्तव्य ज्यानको उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ | राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा साउन ५ गते राति ल्याउँदा पीडितको मृत्यु भइसकेको थियो । 

मृतकको घाँटीमा डोरीको निलडाम र शरीरमा चोटपटक लागेको देखेपछि मृतकका दाजु रामसेवक यादवले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!