बालुवाटारस्थित सुविसु कार्यालयमा आगलागी

Posted on: 07 Aug, 2019

साउन २२, काठमाडौं । सुविसु केवुल नेटवर्कको बालुवाटारस्थित कार्यालयमा आगलागी भएको छ । बुधबार दिउँसो १२:४० बजेतिर आगलागी भएको पत्रकार अनिल अधिकारीले जानकारी दिएका छन् ।

अहिले दमकलले आगो निभाउने प्रयास गरिरहेको पत्रकार अधिकारीले जानकारी दिए । के कारणले आगलागी भएको हो खुल्न नसकेको उनले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!