सुनको मूल्य दिनप्रतिदिन बढ्दै, एकै दिन १५ सयले वृद्धि कति पुग्यो ? हेर्नुहोस

Posted on: 07 Aug, 2019

साउन २२, काठमाडौँ | साउनको तेश्रो साता देखि सुनको मूल्य लगातार दिनप्रतिदिन  बढी रहेको छ |  बुधबार एकै दिन प्रतितोलामा १५ सय रुपैयाँ बढेको छ । हिजो ६८ हजार रुपैयाँ तोलामा कारोबार भएको छापावाल सुन आज बढेर ६९ हजार ५ सय रुपैयाँ पुगेको हो । जुन मुल्य अहिलेसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य एक हजार पाँच सय रुपैयाँले बढेर ६९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा एक हजार पाँच सय रुपैयाँले बढेर ६९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर आठ सय १० रुपैयाँमा कारोबार भइरहेको छ |

अमेरिका र चीनबीचको व्यापार युद्धका कारण सुनको भाउ निरन्तर उकालो लागेको व्यवसायीहरु बताउछन  |

यस बिषयमा तपाइको प्रतिक्रिया...!