त्रिभुवन अन्तराष्टिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत पक्राउ

Posted on: 07 Aug, 2019

साउन २२, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तराष्टिय विमानस्थल अध्यागमन कार्यालयका अध्‍यागमन अधिकृत कमलप्रसाद पराजुलीलाई पक्राउ गरेको छ  । 

श्रम स्विकृति नलिई कतार, दुवईलगायतका मुलुकमा जाने विचौलिया समेतको मिलेमतोमा प्रस्थान अनुमति दिने र प्रस्थान अनुमति दिएको अभिलेखसमेत नराखी डिपार्चर स्ट्याम्प लगाइदिने कार्यमा उनको संलग्नता रहेको अख्तियारले जनाएको छ ।

उनले अध्यागमन कानुनको बर्खिलाप हुने गरी आर्थिक लाभ लिएको भन्ने कसुरमा उजुरी परेकाले पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!