बहुविवाह गर्ने २ जोडी पक्राउ

Posted on: 07 Aug, 2019

साउन २२, भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले बहुविवाह गर्ने दुई जोडीलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरीले अरुण गाउँपालिका–४ चरम्बीका २६ वर्षीय टङ्क विक र कान्छी श्रीमती बनेर आउने १९ वर्षीय वसन्ती विकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिइएको छ ।

उनीहरुलाई टङ्ककी जेठी श्रीमती अमृता विकको जाहेरीपछि झापाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीले बहुविवाह गर्ने रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्ज्याङ फाक्लेका ३३ वर्षीय खगेन्द्र विक र कान्छी श्रीमती २६ वर्षीया हिमा राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उनीहरुलाई जेठी श्रीमती मीना बराइली रसाइलीको जाहेरीका आधारमा घरबाटै पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुविरुद्ध जिल्ला अदालत भोजपुरबाट म्याद थप गरेर अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।दुवै जोडीलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!