ओली नहुँदा दाहाल सक्रिय, विभिन्न नेतासँग छुट्टाछुट्टै भेट

Posted on: 08 Aug, 2019

साउन २३, काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओली विदेशमा रहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा सक्रियता बढाएका छन् । 

दाहालले एकीकरण प्रक्रियालगायत विषयमा पार्टीका वरिष्ठ नेताहरुसँग व्यक्तिगत छलफल तीव्र पारेका हुन् । उनले केही दिनयता नेताहरुलाई निवासमै बोलाएर छलफल गर्दै आएका छन् । 

‘अध्यक्ष (दाहाल) अहिले पार्टी काममा व्यस्त हुनुहुन्छ । पार्टी नेताहरुसँगको निरन्तर आन्तरिक छलफल र संवादमा हुनुहुन्छ,’ दाहालको निजी सचिवालयका एक सदस्यले भने, ‘आवश्यक ठानिएका सचिवालय र स्थायी समिति सदस्यहरुलाई बोलाएर कुराकानी गरिरहनुभएको छ ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!